Nepali Site
Menu
  • होमपेज
  • बारेमा
  • क्लिनिक
  • स्रोतहरू
    • मानसिक स्वास्थ्य परीक्षण उपकरणहरु
    • उपचारहरु पाउन वा प्राप्त गर्ने सहायता
    • The Tennessee REDLINE
    • खाद्य सम्बन्धित सहायता
    • स्याहार चेतना : म कहाँ जानु पर्छ?
    • अतिरिक्त स्रोतहरू
  • सम्पर्क
Preferred Language

स्याहार चेतना

मसंग स्वास्थ्य स्याहार गृह किन हुनपर्छ?

स्वास्थ्य स्याहार गृह हुनु भन्नाले तपाईँको स्वास्थ्य सम्बन्धी जानकारीलाई त्यही डाक्टर र उहाँको टोलीले संगठित र व्यवस्थित गरिएको छ भनि बुझिन्छ।यसलाई कोही बेला चिकित्सा गृह वा प्राथमिक स्याहार चिकित्सक पनि भनिन्छ। स्वास्थ्य सेवा प्रणाली जटिल छ र नै आवश्यक परेको बेला कहाँ जाने भनेर थाहा पाउनु संधै सजिलो पनि हुँदैन।स्वास्थ्य गृहले यस्ता कुराहरुलाई सजिलो बनाउँछ।

मलाई आकस्मिक कक्षमा जान साँच्चैनै आवश्यक परेको छ भने के गर्ने?

तपाईँलाई  आवश्यक परेको बेला आकस्मिक कक्षमा जान अझ विशिष्ट स्थिति भएको पनि हुन सक्छ त्यसैले तल दिएका थप कुराहरु वा टिप्सलाई ध्यान दिनुहोस्।

  • समय पछि पनि आफ्नो चिकित्सक लाई फोन गर्नुहोस्।तपाईँको क्लिनिक बन्द भएपनि तपाईँले पहिला फोन गर्नुहोस्।कुनै कुनै क्लिनिकहरुमा समय पश्चात पनि तपाईँको सुविधाको लागि फोन प्रणालीको व्यवस्था गरिएको हुन्छ र  तपाईँले उपयुक्त व्यक्तिसंग कुराकारी गरी के गर्नु पर्ने भनि सुझावहरु पाउन सक्ने सुविधा हुन्छ  अथवा तपाईँको चिकित्सकले  सुझाव गरेको आकस्मिक स्याहार क्लिनिकको लागि तपाईँलाई सुझावहरु दिन रिकर्ड गरिएको सन्देश पनि हुनसक्छ।
  • गम्भीर जीवन स्थिति वा हात खुट्टासंग जडि़त डरलाग्दो स्थिति(तपाईँको मृत्यु हुने अथवा हात खुट्टा गुमाउने स्थिति छ  भने) छ भने त्यसको लागि तपाईँ आकस्मिक कक्षमा जानुहोस्  अथवा यहाँ दिइएको सुझावहरुको पालन गर्नु होस् :
    यदि तपाईँ आकस्मिक स्याहार वा आकस्मिक कक्षमा जानु हुन्छ भने चिकित्सकहरुलाई तपाईँको स्वास्थ्य सम्बन्धी इतिहासबारे थाहा हुनेछ अनि तपाईँलाई महंगो बिल पनि पठाउनु सक्छ। तपाईँलाई आफ्नो प्राथमिक स्याहार चिकित्सकमा जाने वा आकस्मिक स्याहार वा आकस्मिक कक्ष जाने यो निर्णय लिनमा  यी तस्वीरहरुको प्रयोगले सहयोग गर्नेछ।

गृह बेस(Home Base)

तपाईँको शारीरिक, भावनात्मक  र मानसिक स्वास्थ्य संगसंगै कुनै पनि जरुरी स्वास्थ्य सेवाको लागि तपाईँको चिकित्सक तपाईँको शुरुवाती बिन्दु वा पहिलो खुड़किलो हो।

नियमित स्याहार वा सेवा प्राप्त गर्नु होस्

तपाईँले आफ्नो ख्याल राख्न मदद प्राप्त गर्नको लागि कम्तीमा पनि वर्षमा एकपल्ट अवश्यै डाक्टरकोमा परामर्श लिन वा देखाउन जानैपर्छ किनभने तपाईँलाई  कुन प्रकारको परीक्षण र स्वास्थ्य सम्बन्धी  अन्य जरुरी पाइला वा पदक्षेपहरु लिन आवश्यक  छ त्यो तपाईँको डाक्टर लाई थाहा हुन्छ।

तपाईँको चिकित्सक लाई तपाईँको कथा थाहा हुन्छ

तपाईँले चिकित्सकसंग आफ्नो सम्बन्ध विकास गर्नुहुनेछ र प्रत्येक पल्ट तपाईँले नयाँ चिकित्सक देखेमा पनि आफ्नो कथा पुनः बताउनु पर्ने छैन।

सन्दर्भहरु वा Referrals

तपाईँलाई विशेष  चिकित्सा  मददको आवश्यक छ वा तपाईँको अन्य व्यक्तिगत आवश्यकताहरु छ भने र तपाईँको चिकित्सकले मदद गर्न नसकेको खण्डमा उनीहरुले  तपाईँलाई मदद गर्न सक्नेहरुसंग भेट गराउन वा एपोइन्टमेन्ट लिनमा सहयोग गर्नेछन्।

वहनयोग्य(affordable )

आकस्मिक कक्ष,आकस्मिक स्याहार वा मिनट क्लिनिकमा जान भन्दा आफ्नो स्वास्थ्य स्याहार गृहमा जान कम महंगो पर्छ।

Source: MidSouth Practice Transformation Network. Reducing Preventable Emergency Room (ER) Utilization Toolkit. Retrieved December 28, 2017 from https://midsouthptn.com/wp-content/uploads/2017/01/midsouth-ptn-ed-toolkit_v1.pdf

Source: MidSouth Practice Transformation Network. Reducing Preventable Emergency Room (ER) Utilization Toolkit. Retrieved December 28, 2017 from https://midsouthptn.com/wp-content/uploads/2017/01/midsouth-ptn-ed-toolkit_v1.pdf

  • गैर-भेदभाव / पहुँचयोग्य नीति
  • गोपनीयता नीति
  • सम्पर्क

Website Design and Developed by Atiba.com

© 2023

X
- Enter Your Location -
- or -
Get your current location
Scroll to top